Connect with us
Kapilvast Forest

काममा आलटाल गर्ने कर्मचारीलाई कारबाही गरिने

२०७६, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने बताउनु भएको छ ।

विद्यमान वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयमा शुक्रबार नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले काम नगरी आलटाल गर्ने कर्मचारीलाई कारवाही गर्ने धारणा राखेका हुन् ।

निजी क्षेत्रबिनाको विकास असम्भव रहेको मन्त्री यादवले बताउनुभयो। निजी क्षेत्रका संस्थाले कानुनमा उल्लेख भएका गर्न हुने र नहुने व्यवसायको कार्यबारे सुसूचित गराउनुपर्ने मन्त्रीको भनाइ थियो ।

मुलुकको समग्र विकासका लागि निरपक्ष व्यापारमा मात्रै भन्दा पनि उत्पादनसहितको व्यापारमा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो। समाचार अन्नपूर्ण पोष्ट् दैनिकले छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu