Connect with us
Kapilvast Forest

मेलम्चीका हाकिम ट्यांकर व्यवसायी

२०७६, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको पानी ल्याउने मिति तय गरेको थियो–२७ माघ २०७५ मा । तर खानेपानी मन्त्रालयका तकालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची आयोजनाका प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदार भगाए । आयोजनाले ठेकेदारलाई दिनुपर्ने भुक्तानी नदिएर भकाएको थियो ।

ठेकेदारले काम छोडेको सात महिनासम्म कुनै पनि काम शुरु भएको छैन । अझै मेलम्ची कतिवर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीको पानी उपत्यकामा नआए पनि ट्यांकर र जारबाट पानी आपूर्ति गर्दे आएका व्यवसायीलाई भने दीर्घकालीन लाभ प्राप्त हुँदै आएको छ । कांग्रेस नेता प्रकाशमाा सिंहले आफू भौतिकमन्त्री हुँदा मेलम्चीका सन्दर्भमा एक कार्यक्रममा भनेका थि, ‘यो मेलम्ची छिटो उपत्यकामा आयो भने मिनिरल वाटर (पानी व्यापारी) वाला आगो(क्रुद्ध हुन्छन् होला ।’
उपत्यकानमा वार्षिक ४ अर्बको पानी व्यापार हुने गर्छ । विगतमा लोडसेडिङ हट्न नदिन इन्भटर व्यवसायी जसरी लागेका थिए । त्यसरी नै उपत्यकामा मेलम्चीको पानी ल्याृन नदिन पानी व्यवसायी लागिरहेको प्रमाण भेटिएको छ ।
खाने पानी व्यापारमा संलग्न व्यापारी मात्र होइन, सरकारी अधिकारी पनि संलग्न भएको पाइएको छ । आयोजनाको कर्यकारी निर्देशक कंडेलले आफै बोटल, जार र ट्यांकरबाट विभिन्न सरकार तथा गैर सरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन् ।

कंडेलको पत्नी अन्जु खड्काको नाममा क्रिस्टल खक्वा सर्भिसेज प्रालिको व्यवसायी गर्दै आएका छन् । उनको अन्य कम्पनी संचाmकमा सम्झना बास्कोट, इन्दिरा चौलागाई र साधना तिवारी बारबर हिस्सेदार छन् । कम्पनी रजिष्टार कार्यालयमा २०६६ माघ १० गते दर्ता भएको कम्पनी दर्ता नम्बर ६९८१२(५ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu