Connect with us
Kapilvast Forest

संसद् बन्द गरेर ओली सरकारले बदमासी गर्‍यो: देउवा

२०७६, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको बताउनुभएको छ ।

संसद् सचिवालयले सोमबार सूचना टाँस गरी साउन ८ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसद्‍मा छलफल गरेर अघि बढनुपर्नेमा प्रतिनिधिसभा बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा समेत गर्नु भयो ।

‘विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढन आफ्नो पार्टीले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाले भन्नुभयो, ‘तर सरकारले राष्ट्रिय संकटमा बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो ।’ सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संचारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दावी पनि गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu