Connect with us
Kapilvast Forest

ज्येष्ठ नागरिककाे पालनपोषण स्थानीय सरकारले गर्ने

२०७६, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं । अलपत्र परेका ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले पाउने भएको छ । संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा अलपत्र परेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेबारी स्थानीय सरकारलाई दिने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावमा सहमति जुटेको हो ।

समितिको सोमबारको बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले पालनपोषण नपाएका वा अलपत्र परेका ज्येष्ठ नागरिकहरुको पालनपोषणको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिन सहमति जनाउनुभएको हो । त्यसैगरी समितिले उनीहरुको सम्पत्ति पनि स्थानीय तहले नै आफ्नो स्वामित्वमा ल्याई सम्बन्धित ज्येष्ठ नागरिकको पालनपोषणमा खर्च गर्ने व्यवस्था गर्न सरकारलाई सहमति दिएको छ । अलपत्र परेका ज्येष्ठ नागरिकहरुको जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै लिने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरिएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकहरुले आफ्नो सम्पत्ति आफूले चाहेको व्यक्तिलाई दिन पाउने प्रावधान पनि विधेयकमा राखिएको प्रष्ट पार्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको चल/अचल सम्पत्ति उनीहरुलाई पालनषोषण गर्ने व्यक्तिलाई दिन सकिने व्यवस्था गर्ने प्रष्ट पार्नुभयो ।

यसअघि ज्येष्ठ नागरिकको सम्पत्तिको भोगचलन हकवालाले मात्रै गर्ने कानुनी व्यवस्था थियो

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu