Connect with us
Kapilvast Forest

सवा तीन अर्बकाे मन्दिरको जग्गा, कब्जापछि बिक्री

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।

नागरिक दैनिकमा ‘महन्तले बेचे मठमन्दिरको जग्गा’ शीर्षकमा शीर्ष समाचार छापिएको छ । समाचार अनुसार महोत्तरी मटिहानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानिका मानमहन्त जगन्नाथ दास वैष्णवले सवा तीन अर्ब रुपैयाँभन्दा बढिको जमिन आफ्ना नाममा ल्याएर बिक्री गरेका छन् । यस्तै नागरिकले राजस्व लक्ष्यमा पनि चुक्यो सरकार शीर्षकमा अर्को मुख्य समाचारलाई समेत प्रथम पृष्ठमा समेटेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले बाढीपहिरोको वितण्डापछि सरुवा रोगको त्रास शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । पत्रिकामा डुबानका कारण विस्थापित भई रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती माविमा बसेका बाढीपीडितको तस्वीरसहितको समाचार छ । त्यहाँ ३ सय परिवारले आश्रय लिएका छन् ।

कारोबार दैनिकले निजी क्षेत्रले सिधै उद्योग वा संस्थालाई बिजुली बेच्न पाउने विषयमा शीर्ष समाचार बनाएको छ । यस्तै, कारोबारले १९२ स्थानीय तह आन्तरिक ऋण उठाउने तयारीमा रहेको समाचारलाई पनि पहिलो पृष्ठमै छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu