Connect with us
Kapilvast Forest

गुरू सम्मानकाे पर्व गुरू पूर्णिमा

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं । आज गुरुपूर्णिमा पर्व । आफूलाई शिक्षा र दीक्षा दिने गुरुको सम्मान गरी यो पर्व मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।

गुरु शब्दमा गु को अर्थ अन्धकार र रु को अर्थ उज्यालो हुने उपनिषद्मा उल्लेख छ । गुरु कृपाले शिष्यलाई अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ अघि बढ्न बाटो देखाउँछ । गुरुबाटै शिष्यलाई प्राप्त ज्ञानले सत्य र असत्य छुट्टयाउन प्रेरणा दिने भएकाले गुरुको सम्मान गरिन्छ । पूर्वीय समाजमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका साथै साक्षात परब्रह्म मान्ने गरिन्छ । वैदिक शिक्षाले माता, पिता र गुरुलाई देवताका रुपमा सम्मान गर्न सिकाउँदै आचार्य देवो भवः भनेको छ । प्राचीन गुरुकुल शिक्षादेखि शुरु भएको गुरु–शिष्य परम्पराले गुरुप्रति विनयी भई पूर्ण ज्ञान पाउने पात्र बन्न सिकाएको छ ।

गुरु सम्मानको यो परम्परा हिन्दु, बौद्ध, शिख, ताओ लगायतका धर्मसंस्कृतिका साथै वर्तमान शिक्षामा पनि विद्यमान छ । यही परम्परालाई आत्मसात गरी यस दिन विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुमा गुरुको पूजा गरी सम्मान गरिंदै छ । संगीतकर्मी, खेलाडी, अभिनयकला, यन्त्रशालालगायतका क्षेत्रमा पनि गुरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आजै वेदव्यासको जन्मदिन परेकाले व्यासपूजा पनि गरिंदैछ । गुरु व्यास तनहुँ जिल्लाको मादी र सेतीनदी संगमस्थल दमौलीमा जन्मनु भएको मानिन्छ । समग्र वेदलाई विषयवस्तुको आधारमा ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्व वेदमा विभाजन गर्नु भएकाले उहाँलाई वेदव्यास भनिएको हो । वेदव्यासकृत विश्वको सबैभन्दा विशाल महाकाव्य महाभारतलाई पाँचौ वेद भन्ने गरिन्छ । उपनिषद्को सारलाई महाभारत महाकाव्यमा भगवत् गीताको रुपमा राख्नुका साथै वेदव्यासले सम्पूर्ण वैदिक ग्रन्थको ज्ञानलाई ब्रह्मसूत्रको रुपमा प्रस्तुत गर्नुभएको छ ।

आज राति नेपाली भूमिबाट खण्डग्रास चन्द्रग्रण देखिंदैछ । राति १ बजेर ४६ मिनेटमा ग्रहणले चन्द्रमालाई छुनेछ । बिहान ४ बजेर ४५ जाँदासम्म लाग्ने ग्रहणले २ घण्टा ५९ मिनेटसम्म चन्द्रमालाई छेक्नेछ । नाङ्गो आँखाले ग्रहण हेर्न नहुने र विशेष खालको चश्मा लगाई दूरदर्शक यन्त्रबाट ग्रहणबारे अध्ययन गर्न सकिने विज्ञहरुको सुझाव छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu