Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निःशुल्क विरुवा वितरण

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

अर्जुन बेल्बासे, कपिलवस्तु असार ३१
कपिलवस्तुका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । कपिलवस्तुमा रहेको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले विभिन्न प्रजातिका १ लाख विरुवा वितरण थालेको हो । यस वर्ष कपिलवस्तु साझेदारी वनले साहगवन (टिक) ५० हजार, मसला, अमला, सिसौ, खयर, मोरींगा, सिमल लगायत ५० हजार गरी १ लाख विरुवा वितरण सुरु गरिएको समितिका अध्यक्ष गंगेश नाथ तिवारीले जानकारी दिनु भयो ।

यस क्षेत्रका उपभोक्ताहरुले महाराजगंजमा रहेको नर्सरीमा सम्पर्क गरि निशुल्क रुपमा विरुवा लिन सक्ने कपिलवस्तु सझेदारी वनका सहायक वन अधिकृत एजाज अहमद अन्सारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार, धेरै मात्रामा विरुवा माग गर्ने कृषकहरुलाई सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ भने थोरै मात्रामा विरुवा लैजानेलाई सहज रुपमा वितरण गरिएको छ ।

 कपिलवस्तु सझेदारी वनले आफ्नै नर्सरीमा उत्पादन गरेका विरुवा उपभोक्ता तथा कृषकहरुको मागको आधारमा वितरण थालिएको कार्यालयका रेन्जर गणेश पुरीले बताउनु भयो ।

कपिलवस्तु सझेदारी वनले साहगवन (टिक) मसला, अमला, सिसौ, खयर, मोरींगा, सिमल सिसौ, टिक, सफेता लगायतका रुखहरुको विरुवा समेत वितरण गर्दै आएको छ । 

त्यस्तै डिभिजन वन कार्यालय गौतम बुद्ध कार्यालय अन्तरगत करिब पाँच लाख विरुव उत्पादन गरी वितरण कार्य भैरहेको डिभिजन प्रमुख दुर्गा बहादुर कार्कीले जानकारी दिनु भयो ।

उजाड र वन अतिक्रमित क्षेत्रमा बृक्षारोपण गर्नका लागि विरुवा वितरण गरिएको प्रमुख कार्किले जानकारी दिनु भयो । 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu