Connect with us
Kapilvast Forest

सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार कपिलवस्तुलाई

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु असार ३१,
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । साझेदारी वनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता सरंक्षण एवम् गरिवी न्युनिकरणमा योगदान पुर्याएकोले नगद रु ५५ हजार ५ सय पचपन्न सहित सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो ।

वन तथा वातावरण मन्त्रालय वन तथा भु सरंक्षण विभागले उक्त सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५। ०७६ वाट सम्मानित गरिएको हो । उक्त सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार वनका अध्यक्ष गंगेश नाथ तिवारीले ग्रहण गर्नु भएको छ । तिवारीले वन तथा वातावरण मन्त्री शक्ती बहादुर बस्नेतको हातबाट पुरस्कार लिनु भएको हो ।

त्यस्तै साझेदारी वनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता सरंक्षण एवम् गरिवी न्युनिकरणमा योगदान पुर्याएकोले डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्धका वन अधिकृत दुर्गा बहादुर कार्की समेत सम्मानित हुनुभएको छ । वन अधिकृत दुर्गा बहादुर कार्कीलाई वन तथा वातावरण मन्त्री शक्ती बहादुर बस्नेतले सम्मानित गरेका हुन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu