Connect with us
Kapilvast Forest

‘मान्छे बेच्दै भाग्दै’

२०७६, १ श्रावण बुधबारमा प्रकाशित

राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकतामा भएको बाँडफाँडलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । पत्रपत्रिकामा राज्यका विभिन्न निकायमा भइरहेको अनियमिता, बाढीपहिरोले पुर्याएको क्षति तथा पीडितहरुको अवस्था र चेलिबेटी बेचबिखनसम्बन्धी लगायतका समाचार प्रकाशित भएका छन् ।

कान्तिपुर दैनिक–संघीय सदनका प्रतिनिधिसभा र राष्ट्रियसभाबीच प्रशासकीय अदालतसम्बन्धी विधेयकलाई लिएर टकरावको संभावना बढेको छ । राष्ट्रियसभाले यससम्बन्धी विधेयकमा गरेको परिमार्जनलाई प्रतिनिधिसभाले पुरै उल्ट्याएको छ । दुई सदनबीच सरकारी कर्मचारीको मुद्दा प्रशासकीय अदालतले हेर्ने कि उच्च अदालत मातहतको प्रशासनिक इजलासले भन्नेमा विवद निम्तिएको हो ।

अन्नपूर्ण पोष्ट दैनिक– पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनै मध्येको एक हुन रसुवाकँ सुन्तली तामाङ(१९) उनको सपना दुनियाँका लागि खास्सै ठूलो थिएन । सामान्य पारिवारमा जन्मे–हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहन्थिनु त्यही भिलनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो । कुवेत पुगेपछि बल्ल उनले आफू बेचिएको थाहा पाइन ।
मुलुकबाट विभिन्न प्रलोभनमा युवती तथा महिला बेचिने क्रम रोकिएको छैन, बेचिइरहेका छन् । युवती तथा महिला बेच्नहरु सबै कारवाहीको दायरामा आउन सकेका छैनन् । उनीहरु मान्छे बेच्दै भाग्दै गरिहेका छन् ।

राजधानी दैनिक– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका मध्ये करिब २ लमख युवा बेरोजगार छन् । पछिल्लो १० वर्ष अर्थात् २०६६ सालदेखि हालसम्म् करिब ५ लाख युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् ।

नागरिक दैनिक– संघीय संसदअन्तरगत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याएरदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ । पछिल्लो लटमा ४ समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकेको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराउने तयारी भइरहृेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu