Connect with us
Kapilvast Forest

अर्की महिलासँग प्रेम : ‘कन्ट्रयाक किलर’ लगाएर श्रीमतीको हत्या

२०७६, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं । औषधी उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भई पोखरा– १० रामबजारमा बस्दै आएका ३५ वर्षिय रमेश नेपालीलाई प्रहरीले बुधवार पोखरामा सार्वजनिक गरेको छ।

२८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा आरोपी नेपालीले हत्या गर्नुभन्दा चार महिना अघि श्रीमतीको १ करोडको जीवन बिमा गरेको र भारतीय ुकन्ट्र्याक्ट किलरु प्रयोग गरी हत्या गरेको फेला परेको छ।

फरार रहेका तीनजना भारतीय कन्ट्र्याक्ट किलरको प्रहरीले खोजी गरिरहेको छ। सर्लाही ईश्वरपुर नगरपालिका घर भई पोखराको पृथ्वीचोक बस्ने वर्ष २६ का चितरन्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह अनुसार असार ३ गते भारतीय कन्ट्र्याक्ट किलर आएर पृथ्वीचोकका एक होटलमा बसेको र त्यसको बस्ने व्यवस्था गर्ने भोजपुर जिल्ला भोजपुर नगरपालिका बैंक रोड भर भई पोखराको महेन्द्रपुल बस्ने वर्ष ३२ का संजय शर्मा र चितरन्जन शाहले मिलाएको प्रहरीले बताएको छ।

हत्या योजना तयार भइसकेपछि रमेशले १ लाख एडभान्स दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। श्रीमतीको हत्यापछि शव जंगलमै छोडी रमेशले संजय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिन पछि दिने सहमति भएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ।

रमेशले श्रीमतीको खुट्टामा भएको एलर्जीको जडीबुटी औषधी खोज्न भन्दै जंगलमा लगेर श्रीमतीलाई जडीबुटी खोज्दै तल जानु भन्दै बाहाना बनाई निस्केको र योजना आनुसार लुकेर बसेका व्यक्तिहरूले आँखा र मुखमा सल बाँधी चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो।

अनुसन्धानको क्रममा श्रीमतीका माइती पक्षको एकजना महिलासँग नजिकको सम्बन्ध पनि देखिएको उनले सुनाए।, अन्नपूर्ण पाेस्ट् दैनिकले समाचार छापेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,