Connect with us
Kapilvast Forest

४५८ शिक्षक कारबाहीमा

२०७६, २ श्रावण बिहीबारमा प्रकाशित

हिमलाल पराजुली, । सम्पति विवरण नबुझाउने जिल्लाका ४ सय ५८ जना शिक्षक कारबाहीमा पर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले तोकेको समयमा सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई कारबाहीको प्रकिृया अगाडी बढाएको जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष ०७४ ÷ ०७५ मा सम्पति विवरण नभर्ने शिक्षकलाई कारबाही गर्नुभनि पठाएको पत्रमा तथ्याङ्क अध्यावधिक नभएको र सेवा निवृत भइसकेका शिक्षक र केही विद्यालयनै नभएका नामसमेत आएकोले त्यसको अध्ययन गरेर कारबाही गरिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका शाखा अधिकृत निलकण्ठ ढकालले जानकारी दिनुभयो ।

मन्त्रालयले शिक्षकको तथ्याङ्कसमेत अध्यावधिक नगरी कारबाही प्रक्रियाको लागि परिपत्र गर्नुले मन्त्रालयको लापरवाहीलाई प्रष्ट पारेको छ । सेवा निवृत भइसकेका र मृत्युसमेत भएका शिक्षकको नाम रहेको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले जनाएको छ । प्रत्येक वर्षको भदौ मसान्तसम्म शिक्षकले सम्पति विवरण शिक्षक किताब खानामा बुझाउनु पर्ने र यसो नगरेका शिक्षकलाई ५ हजार जरिवाना गरिने कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu