Connect with us
Kapilvast Forest

पुल बनेपछी कृष्णनगरवासी खुसी

२०७६, २ श्रावण बिहीबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु साउन २,

पुल बनेपछी कृष्णनगरवासी खुसी भएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० खैरा देखी औरहवा जाने सडक अन्तरगत पर्ने पुल बनेपछी कृष्णनगरवासी खुशी भएका छन । बुधवार कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जय गंगे पुलको उदघाटन गर्नु भएको हो ।

पुलको उदघाटन गर्दै नगर प्रमुख शाहले यस क्षेत्रका नागरिकले सदियौ देखी झैल्दै आएको पुलको समस्या समाधान भएको छ । यहाका नागरिकहरुको चहाना अनुरुप पुल निर्माण गरिएको उहाले बताउनु भयो ।

पुल उदघाटना भएपछी स्थानियलाई आवत जावतमा सजिलो भएको छ । कृष्णनगर नगरपालिकाको रु ३३ लाख अनुदान र उपभोक्ता जनश्रमदान रु ५ लाख ५५ हजार, ६ सय ९२ को लागतमा पुल निर्माण तथा माटो ग्रेभल कार्य भएको उपभोक्ता समितिका अध्यक्ष इबादुर रहमान शेखले जानकारी दिनुभयो ।

पुल नहुदा बर्खायाममा आवत जावत गर्न कठिनाई भोग्दै आएका स्थानियले पुल बनेपछी खुशि भएका छन । सो पुलबाट दुई दर्जन गाँउका वासिन्दा आवत जावत गर्ने गरेको बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu