Connect with us
Kapilvast Forest

शिक्षामा गुणस्तरीय सुधार ल्याउन शिवराजमा बाल कचहरी

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

बालमैत्री विद्यालय गुणस्तरीय शिक्षाको सवालमा कपिलवस्तुको शिवराजमा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । बाल कचहरी मार्फत विद्यालयलाई बालमैत्री र गुणस्तरीय शिक्षाका लागि कार्यक्रम गरिएको हो । बालमैत्री विद्यालय संचालन र गुणस्तरीय शिक्षा संचालनमा पारदर्शिता, जवाफदेहिता, समावेशी र सहभागितामा वृद्धि गर्न बाल कचहरी गरिएको किर्डाक नेपालका कार्यक्रम संयोजक श्री बहादुर भण्डारीले बताए । सेवाप्रदायक र सेवाग्राहीबीच सेवाप्रवाहमा प्रभावकारिता ल्याउन बाल कचहरी गरिएको भण्डारीले स्पष्ट पारे ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगत बहादुर जि.सी.ले समयको माग अनुसार शिक्षामा नीतिगत परिवर्तन आवश्यक रहेको बताए । वर्तमान युगमा शिक्षालाई डिजिटलमैत्री बनाउनुपर्नेमा जि.सी.ले जोड दिए ।

शिवराज नगरपालिकाले समेत शिक्षाको गुणस्तरमा सुधार ल्याउन विभिन्न योजना ल्याएको वडाध्यक्ष जिसीले बताए । “अहिले नगरपालिकाबाट स्वयंसेवक शिक्षकको व्यवस्थापन गरेका छौं । अपांगता बालवालिकाका लागि एकका लागि एक कार्यक्रम संचालन गरिएको छ । पोषणका लागि गर्भवती पहिचान तथा गर्भवती भेटघाट कार्यक्रम लागू गरेका छौं ।” –उनले भने ।

शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यालयको नतिजामा सुधार ल्याउन आधारभूत तहको अन्त्यमा नगरस्तरीय परीक्षा संचालनमा ल्याएको जानकारी दिए । शिक्षा शाखा प्रमुख पन्थीले नगरभित्र संचालनमा रहेका विद्यालयलाई प्लास्टिक मुक्त बनाउन आफूले भरपूर कोशिश गर्ने विचार व्यक्त गरे । विद्यार्थीलाई व्यवहारिक ज्ञानका लागि विद्यालयमा जीवनोपयोगी सीपका कक्षाहरू संचालन गर्न अभिप्रेरित गर्ने शिक्षा शाखा प्रमुख पन्थीले औल्याए ।

सबैको सहभागितामा विद्यालय सुधार योजना निर्माण र समिक्षा गर्नुपर्ने उनले जिकिर गरे । बिद्यार्थीको अन्य क्षमता विकास गर्न अतिरिक्त क्रियाकलाप, बालसमूह गठन तथा परिचालनका साथै नियमित सार्वजनिक सुनुवाइ गरेमा शैक्षिक विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

किर्डाक नेपालमार्फत संचालित शिवपुर १, का किशोरकिशोरी संवाद केन्द्रहरुले बाल कचहरीको आयोजना गरेका थिए । कार्यक्रममा स्टोम फाउन्डेसनको सहयोग र किर्डाक नेपालको सहजीकरण रहेको थियो । बाल कचहरीमा शिवराज नगरपालिका वडा नं. १ अन्तर्गत विभिन्न विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरू जवाफदेहीको रुपमा थिए । भने संवादकेन्द्रका संवाद सहयोग समिति, एनिमेटर, किशोरकिशोरी, वालक्लव तथा युवाक्लव, आमा समूह, अभिभावक र स्थानीयको सहभागिता रहेको थियो । बाल कचहरीको अन्त्यमा शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउन सहभागीले आठ बँुदामा लिखित प्रतिबद्धता जाहेर गरेका थिए ।

बालमैत्री विद्यालय निर्माण गर्न गरिएका प्रतिबद्धताहरु ः

· विद्यालय सुधार योजनालाई सहभागितामूलक रूपमा निर्माण गरी कार्यन्वयन गर्ने ।

· सार्वजनिक सुनुवाई विद्यालले नियमित रूपमा संचालन गर्ने ।

· विद्यालयमा बन्ने भौतिक संरचना बालमैत्री र अपांगमैत्री निर्माण गर्ने ।

· विद्यालयलाई प्लास्टिक मुक्त बनाउन प्र.अ. बैठकमा छलफल गरी कार्यान्वयनमा ल्याउने ।

· विद्यार्थीका गुनासो सुनुवाईका लागि प्रत्येक विद्यालयमा गुनासो सुनुवाई पेटिका व्यवस्थापन गर्ने र सुनुवाई संयन्त्र बनाउने ।

· बालबालिकालाई हरेक कार्यक्रम तथा निर्णय प्रक्रियामा सहभागी गराउने ।

· छात्रछात्रालाई छुट्टाछुट्टै शौचालय व्यवस्थापन गर्ने ।

· विद्यालयलाई बालमैत्री बनाउन पहल गर्ने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu