Connect with us
Kapilvast Forest

प्रहरीलाई अनुशासित भइ काम गर्ने डिआईजी शाहको निर्देशन

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

सागर थापा ,५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी सुरेश बिक्रम शाहले जिल्ला प्रहरी कार्यालय प्युठानको बुधवार निरीक्षण गर्नुभएको छ । उहाँले प्युठानमा प्रहरी कार्यालयको निरीक्षण र सुरक्षाको अवस्थाको बारेमा विस्तृत जानकारी लिनुभएको थियो ।

डिआईजी शाहले (प्रहरी जन्मिदा र मर्दापर्दा सम्म काम लाग्ने प्रहरी नै हो) प्रहरी सेवा सदैव जनलक्षित हुने भएकोले जनताले आफु सुरक्षित भएको महसुश हुने गरि सेवा प्रदान गर्न प्युठानमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिनुभएको छ ।

सकभर घटना घट्नै नदिने यदि घटना घटिहालेमा सफल अनुसन्धान गरी अपराधिलाई कानुनी प्रकृयामा लैजान नागरीकमैत्री व्यवहार गर्न, मानव अधिकारको उच्च सम्मान गर्न, अनुशासनमा रहि अनुशासित भइ काम गर्ने डिआईजी शाहले प्युठान प्रहरीलाई निर्देशन दिनु भएको छ ।आफ्नो निकायको प्रमुखबाट समयसापेक्ष निर्देशनले प्युठान प्रहरीका अधिकृत तथा जवानमा मनोवल बढाएको प्रदेश प्रमुख डिआइजी शाहले प्रहरी चौकीको अवस्था भौगोलिक विकटता, घट्न सक्ने घटनाकोबारे चनाखो रहन समेत निर्देशन दिनुभएको थियो ।

प्युठानमा प्रहरीलाई समसामयिक निर्देशन दिई डिआईजी शाह शुक्रबार रोल्पा प्रस्थान गर्ने कार्यक्रम छ । पाँच नम्बर प्रदेश प्रमुख भई आए पश्चात् डिआइजी शाह मातहतका जिल्लाको निरीक्षण भम्रणमा निस्कनुभएको हो। अहिलेसम्म ८ वटा जिल्लाहरुको सुरक्षा अबस्था बुझिसक्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu