Connect with us
Kapilvast Forest

रोटट्रयाक क्लब अफ कपिलवस्तुको अध्यक्षमा घिमिरे

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु साउन १०

रोटट्रयाक क्लब अफ कपिलवस्तुको पदहस्तन्त्रण कार्यक्रम सम्पन्न भएको छ । रोटट्रयाक क्लब अफ कपिलवस्तुका २०१८,२०१९ बर्षका अध्यक्ष सुनिल गैरेले २०१९, २०२० बर्षका अध्यक्ष दिपक घिमिरेलाई पदहस्तन्त्रण गर्नु भएको हो । कपिलवस्तुको गोरुसिगेंमा रहेको मायाज इन्टरनेशनल होटलको सभाहलमा विहिबार घिमिरेलाई पदहस्तन्त्रण गरिएको हो ।

रोटट्रयाक क्लब अफ कपिलवस्तुको पदहस्तन्त्रण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले युवाहरुको जोस जाँगरलाई सधै समाजिक कार्यमा लागउन आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य केसीले रोटट्रयाक क्लब अफ कपिलवस्तुले गरेको कामको प्रशांश गर्दे आउने दिनमा शैक्षिक, समाजिक र जनमुखी हुनुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रम शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रोटट्रयाक क्लब अफ कपिलवस्तुले गरेको कामको सदैव मुल्याकन हुने बताउनु भयो । नगर प्रमुख अधिकारीले रोटट्रयाक क्लब अफ कपिलवस्तुले यस बर्ष गर्ने काममा आफनो साथ रहने उदघोष गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब श्रेष्ठले युवाहरुको जमातले राम्रो कामको गलनी गरेको बताउनु भयो । युवाहरु विभिन्न कुलतमा फसेको बताउदै उहाले रचनात्मक कार्य गर्न सुझाव दिनु भयो ।  पदहस्तन्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबैको अपनत्व हुने किसिमको काम भएकोले रोटट्रयाक क्लब अफ कपिलवस्तु नव गठीत कार्य समितिलाई धन्यावाद दिनु भयो ।

कार्यक्रममा २०१९, २०२० का लागि पदभार ग्रहण गर्नु भएका अध्यक्ष दिपक घिमिरेले सबैको सल्लाह र सहकार्य अनुसार काम गर्ने बताउनु भयो । अध्यक्ष घिमिरेले आफनो कार्यकालमा यसक्षेत्रका कुनै पनि व्यक्तीलाई रगत अभाव हुन नदिने कामको सुरुवात गर्ने बताउनु भयो । रगत संकलनका लागि मोबाइल एप्लीकेशन डेभलप गरी काम गर्ने बताउनु भयो । साथै उहाले यस बृक्षारोपण अभियान व्यवस्थीत गरी सञ्चालन गर्ने अठोट व्यक्त गर्नु भयो ।

रोटट्रयाक क्लब अफ कपिलवस्तुको २०१९ र २०२० उपाध्यक्ष विक्रम केसी, सचिव होटराज पौडेल(शिशिर) सहसचिव रिता गैरे, कोषाध्यक्ष दिपक गैरे, सहकोषाध्यक्ष दिलराज भुसाल, कल्ब सर्भिस डाइरेक्टर गोपाल बन्जाडे, प्रोफेशनल डाइरेक्टर सुरेश खनाल, कम्युनिटी सर्भिस डाइरेक्टर सुदिप चापागाई, अन्तराष्ट्रिय सर्भिस डाइरेक्टर गिरिराज बन्जाडे, रोटट्रयाक सगर पन्थ, रेशम काफले, विजय भुुसाल, प्रकाश चोधरी, सनिउल्ला धोबी लगायत रहनु भएको छ ।

सो कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानु पोखरेल, पुर्व अध्यक्ष टोपलाल पोखरेल, टिन एन गैरे, महादेव पोखरेल, प्रकाश पौडेल लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu