Connect with us
Kapilvast Forest

स्वदेशी उत्पादनमा निर्भर बानौँ : सांसद शाह

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु साउन १०,

कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाहले नेपालमा रहेका उद्योगी व्यवसायीलाई नेपालमै उत्पादन भएको कच्चा पर्दाथमा निर्भर बन्नका लागि आग्रह गर्नु भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै शाहले नेपाली उद्योगी व्यवासायीलाई सरंक्षण निति निर्माण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सरकारले विभिन्न वहानमा निति निर्माण गरी उद्योगी व्यापारीहरुलाई मारमा पारेको शाहले बताउनु भयो । सरकारले नेपाली उद्योगी व्यावासायीलाई सरक्षण गर्नू पर्ने बताउनु भयो । उहाले भारतबाट नेपाल अयात हुने फलफुलमा बिषादी परिक्षण गर्नु राम्रो पक्ष भएको बताउनु भयो । सांसद शाहले भारतवाट आएको परिक्षण गर्ने तर चिनबाट आएको फुल निर्वाध रुपमा नेपाल प्रवेश गर्न दिने कार्य तत्काल बन्द गर्न नेपाल सरकारसंग माग गर्नु भयो । उहाले कृष्णनगरमा सुख्खा बन्ददरगाह,पशुक्वानटाईन र फलफुल क्वरेनटाईनको व्यवस्थापन गर्नु पर्नेमा शाहले जोड दिनु भयो ।

सोही कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य बिरेन्द्र कुमार कनोडियाले कृष्णनगरको बिकास कृष्णनगर उद्योग वाणिज्य संघकै मतहतमा हुने भएकोले मिलेर काम गर्न अनुरोध गर्नु भयो । संघको स्थापना वि। स २०३० मा भए पछि संघले कृष्णनगरले व्यापारीहरूको हक हितमा नै काम गर्दै आएको कनोडियाको भनाई रहेको थियो ।

त्यस्तै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले व्यापारीहरू संगै कृष्णनगरको बिकास केन्द्रित काम गर्नु जरूरि जिकिर गर्नु भयो । गत असार १८ गते कृष्णनगर उद्योग बाणिज्य सघको निर्वाचनबाट राम कुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।

सघंको वरिष्ट उपाध्यक्ष रविन्द्र गुप्ता, महा सचिव घन श्याम अग्रवाल, सचिव पंकज गुप्ता, लगायत सम्पुर्ण पदाधिकारीलाई सपथ खुवाइएको सचिव पकंज गुप्ताले जानकारी दिनु भयो । सपथ ग्रहण कार्यक्रममा कृष्णनगरका व्यापारी,सुरक्षाकर्मी, समाजसेवी तथा पत्रकारहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu