Connect with us
Kapilvast Forest

‘यही पाराले रेल आउन साढे ७ सय वर्ष लाग्छ’

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

अमृता चुँदाली, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले मुलुकको अवस्थाको गहिरो अध्ययन नगरी समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ ।

‘इन्ष्टिच्युट फर इन्टरग्रेटेड डेभलवमेन्ट इस्टडिज’द्वारा शुक्रबार आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले विद्हरुले समेत आफ्नो क्षेत्रमा गहिरो अध्ययन नगरी सतही प्रस्तुति दिने गरेको उल्लेख गर्नुभयो । ‘म अहिले अरु बिषयमा जान चाहन्न कृषिकै कुरा गरौ, तथ्यांक विभागले ७१ प्रतिशत जनता कृषिमा आश्रित भनेको छ’ उहाँले राष्ट्र बैंकले ५७ प्रतिशत वैदेशिक रोजगारीमा निर्भर रहेको उल्लेख गरेको छ । ५७ प्रतिशत वैदेशिक रोजगारीबाट धानिएपछि ७१ प्रतिशत कसरी कृषिमा आश्रित भए ?’

कृषिमा आश्रितको परिभाषा स्पष्ट नभएको पूर्व मन्त्री पाण्डेको भनाइ छ । ‘तथ्यांक विभागले २२ वटा कुखुरालाई पाल्ने कृषक मानेको छ, करेसाबारी भएकालाई पनि कृषक मानेको छ ’ उहाँले भन्नुभयो, २२ वटा कुखुरा पाल्दैमा कृषक भइन्छ ? करेसाबारी भएका जतिलाई कृषक मान्ने हो भने हाम्रा पनि छन् । के हामीलाई पनि कृषक भन्ने ? राज्यले कृषिमा कर छुट गरेको छ । कर छल्नकै लागि धेरैले आफ्नो पेशा कृषि देखाउने गरेका छन् ।’

नेता पाण्डेले रेलमार्गको अवधारणा आफू अर्थमन्त्री ल्याएको स्मरण गराउँदै त्यसमा कम बजेट छुट्याइएको उल्लेख गर्नुभयो । ‘म अर्थमन्त्री भएको बेला नै त्यसको कूल लागत करिब ८ खर्च थियो, अहिले बढेर १० खर्ब पुगेको छ’ उहाँले भन्नुभयो, ‘निर्माण सम्पन्न गर्ने बेलासम्म १५ खर्ब पुग्ला । रेलमार्ग निर्माणको लागि सरकारले २ अर्ब छुट्याएके छ । वर्षको २ अर्बले कसरी रेलमार्ग निर्माण हुन्छ ? यही पाराले रेल आउन साढे ७ सय वर्ष लाग्छ ।’

पूर्व अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न पूर्वाधार विकासमा जोड दिएर आन्तरिक तथा बाह्य लगानी बढाउनु पर्ने बताउनु भयो । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले सरकारले जथाभावी रकम बाँडेको उल्लेख गर्दै अर्थतन्त्रको अहिलेकै अवस्थाले दीगो विकास लक्ष्य हासिल हुने बताउनु भयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले र अर्थविद् डाक्टर भेषबहादुर थापाले राजनीति र प्रशासनमा सुधार नगरेसम्म अर्थतन्त्रमा सुधार नआउने बताउनु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu