Connect with us
Kapilvast Forest

बलात्कार गर्न खोज्नेको जिब्रो काटेर भागिन् युवती

२०७६, ११ श्रावण शनिबारमा प्रकाशित

राजस्थान । जयपुर शहरमा बिहिबार राति १ बजेर १२ मिनेट जाँदा एक साथीको बर्थडे पार्टीमा सहभागी भएर २१ वर्षीया युवती घर जान लागिन् । रातको समय अन्य गाडीहरु नपाइने भएकोले उनले ट्याक्सी बुक गरिन् ।

गाडीमा पहिल्यैदेखि ड्राइभरसँग अर्को एक युवक बसेको थियो । युवतीले सँगै बसेको युवकको बारेमा सोध्दा ड्राइभरले आफ्नो साथी सचिन शर्मा भएको र चित्रकुट नै जाने बताए । गाडी त्यहाँबाट गन्तव्यतर्फ हुँइकियो, एकान्त ठाउँ आएपछि सचिनले एक्कासी पेस्तोल निकाक्लै युवतीतर्फ तेर्स्यायो ।

चलिरहेको ट्याक्समा ड्राइभरसँगैको सिटबाट उठेर सचिन पछाडिको सिटमा गएर बस्यो । त्यहाँ बस्दाबस्दै सचिनले युवतीको संवेदनशील अंगमा छुँदै दुर्व्यवहार गर्न थाल्यो । यति हुँदै गर्दा ड्राइभरले ट्याक्सी कुदाइरहेको थियो । सचिनको दुर्व्यवहारले सीमा नाघेपटि उनले आफ्नो झोलमा रहेको चक्कु निकाल्दै उसको जिब्रो काटिदिइन् । जिब्रो काटेपछि सचिनले आफूलाई छोडेको र ड्राइभर पनि डराएको युवतीले आफ्नो बयानमा भनिन् । त्यसपछि ड्राइभरलाई पनि चक्कु देखाउँदै ट्याक्सी रोक्न लगाएर युवती त्यहाँबाट भागिन् ।

कसरी समात्यो प्रहरीले ?
युवतीको साथीले युवतीलाई बारम्बार फोन गर्दा पनि फोन नउठेपछि उनले प्रहरीको कन्ट्रोल रुममा फोन गरिन् । कन्ट्रोल रुमबाट युवतीको सन्देश आउनुअघि नै युवती चित्रकुट प्रहरी चौकी पुगिसकेकी थिइन् । चित्रकुट प्रहरीले युवती प्रहरी चौकीमा रहेको जानकारी गराउँदै आफूले बलात्कारको प्रयास गर्ने युवकको जिब्रो काटेको जानकारी गराइन् ।

चित्रकुट प्रहरीले कन्ट्रोल रुममा पनि त्यहि अनुसारको जानकारी गराइयो । त्यसपछि प्रहरीले सबै अस्पतालमा प्रहरीको सर्कुलर बढायो । सूचना पाएलगत्तै प्रहरीले अस्पताल प्रशासनसँगको समन्वय गरी सचिन र ड्राइभरलाई पक्राउ गरेको हो । सचिनले आफ्नो बचाउमा प्रहरीसमक्ष नक्कली पेस्तोलले डराएको बताएका छन् । घटनाको अनुसन्धान भइरहेको आजतकले लेखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu