Connect with us
Kapilvast Forest

  एनआईसी एसिया बैंक र मर्सि सिटी हस्पिटलबीच सेवासुविधामा छुटसम्बन्धी सम्झाैता

२०७६, २९ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं ।  एनआईसी एसिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सेवासुविधामा छुटसम्बन्धी सम्झाैता भएकाे छ।

सम्झाैताअनुसार बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीले अस्पतालमा उपचार गराउँदा सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्धनिर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २ सय ९५ शाखा कार्यालयहरु, ३ सय ३४ एटीएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। देशभर बैंकका १७ लाख ग्राहक रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu