Connect with us
Kapilvast Forest

एमबाप्पे सर्वाधिक मूल्यवान फुटबलर, मेस्सी चौथो स्थानमा

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

एजेन्सी । फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका उनी यो वर्ष विश्वकै महँगा फुटबलर बनेका हुन्।

सीआईइएस फुटबल अब्जरभेटरीको सूची अनुसार मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा रहँदा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन् स्ट्राइकर लियोनेल मेस्सी चौथो स्थानमा रहेका छन्। एमबाप्पेपछि सर्वाधिक महँगा खेलाडीमा लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ रहेका छन्। फुटबल अब्जरभेटरीका अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड छ।

दोस्रो स्थानका सलाहको मूल्य २०० मिलियन पाउण्ड छ भने स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड छ । यो सूचीमा चौथो स्थानका बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड छ। बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर जाडोन सान्चो १४५ मिलियन पाउण्डसहित पाँचौं स्थानमा छन्।

लिभरपुलका साडियो माने १४४ मिलियनसहित छैटौं, टोटेनहमका ह्यारी केन १४३ मिलियनसहित सातौं, लिभरपुलकै रोबर्टो फर्मिन्हो १३२ मिलियनसहित आठौं स्थानमा छन्। त्यसैगरि बार्सिलोनाका फ्रान्सेली एन्टोइन ग्रिजम्यान १३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १२५ मिलियनसहित दशौं स्थानमा छन्। यो सूचीमा पीएसजीकै ब्राजिलियन स्ट्राइकर नेइमार र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० अटाउन असफल भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu