Connect with us
Kapilvast Forest

तीन सवारी जुध्दा श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुने श्रीमान हुन् भने घाइते श्रीमती रहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नम्बरको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नम्बर को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नम्बर को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu