Connect with us
Kapilvast Forest

दशगजामा चोयाको मैत्री पुल, पैसा तिर्नाेस् वारपार गर्नुहाेस्

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

 

 

राजविराज, भदौ ३ गते । पुल तर्न पैसा तिर्नुपर्ने पर्छ भन्ने सुन्दा जोसुकैलाई आश्चर्य लाग्न सक्छ । तर, यो बास्विकता नै हो । नेपाल भारत सीमाको दशगजा क्षेत्रमा पुल तर्न पैसा तिर्नु परेको छ । झण्डै दुई दशकदेखि दुबै देशका नागरिकले पैसा तिरेर पुल तर्दै आएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही स्थित दशगजा क्षेत्रमा रहेको बाँसको चचरी(चोया) पुल तर्न पैसा तिर्दै आएका हुन । यस स्थानमा अहिलेसम्म अस्थायी÷स्थायी पुल बनेको छैन । सप्तरी जिल्लालाई भारतीय बजारसँग जोडने मुख्य नाकाको रुपमा रहेको भारत बिहारको सुपौल जिल्लाको कुनौली सीमावर्ती नेपालीको पनि मुख्य बजार हो ।
दशगजा क्षेत्रमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेलही निवासी चन्नु रायले सो चचरीको पुल बनाईदिएपछि बाटो सहज बनेको हो । वर्षपिच्छे चचरी पुल टुटफुट हुने हुँदा मर्मत संभार, रेखदेख पनि उनले नै गर्दै आएका छन् ।
सुख्खा भन्दा बाढी आएको बेला वारपार गर्न सो पुल बाहेक अन्य कुनै विकल्प नरहेको स्थानीय विजय यादवले बताउनुभयो । चचरी पुल नहुँदाताका बाढीमा तर्न डुङ्गा सञ्चालन भइरहेको बायोबृद्ध कुनौलीका श्याम सोनीले भन्नुभयो, करिब २५ वर्ष अगाडि डुङ्गामा चार आना÷आठ आना (२५ पैसा÷५० पैसा) तिरेर नेपाल जान्थे । एक पटकमा १५÷२० जना डुङ्गामा चढ्थे । पछि डुङ्गा चल्न छोड्दा बाढी आउँदा आवतजावत बन्द नै हुन्थ्यो । वा बाढीमा पौडेर पारी जान्थे ।
डुङ्गा सञ्चालन बन्द भएपछि चन्नुले १५÷२० वर्षदेखि अहिलेसम्म चचरी पुललाई निरन्तरता दिदै आएको छ । सामान्य बाढीमा चचरी पुल सहज भए पनि ठूलो बाढी आउँदा चचरी पुलबाट पनि आवतजावत बन्द हुँदा दुबै देशका नागरिक मारमा पर्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिण स्थित दशगजाको बीच भागमा बनाइएको चचरी पुलको दुबै तिर पानीको बहाव रहने गरेकोले खाँडो नदीमा बाढी आएको बेला समस्या हुने गरेको बताइएको छ ।
भारतीय सीमालाई छोएर पुल बनाउन नमिल्ने हुँदा बीच भागमै चचरी पुल बनाइएको चन्नु रायले बताउनुभयो । करिब छ महिनासम्म खाँडो नदीमा पानी बग्ने गर्छ । सुख्खायाममा पुलमुनि तथा अन्य तिरबाट जाने बाटो सहज हुने हुँदा त्यतिबेला पुलको बाटो न्यून संख्यामा प्रयोग हुने गरेको बताइएको छ ।
पुल तरे वापत पैसा लिने रहर नभएर पुलको लागत खर्च, मर्मतमा लाग्ने खर्चका लागि आवतजावत साइकल, मोटरसाइकलसँगै रु. पाँच–दश लिने गरिएको उहाँले बताउनुभयो । सोही रकमबाट आफुलाई थोरबहुत आम्दानी हुनुकोसाथै पुलको मर्मत सम्भारमा खर्च गर्ने गरेको रायले बताउनुभयो । ढाट तेर्साइ पुलमा बसेर पैसा लिने गरिएको छ ।
कुनौली बजारबाट सप्तरीसहित छिमेकी सिरहा, उदयुपर जिल्लाका व्यापारी, सर्वसाधारणले खरिदबिक्री गर्दै आएका छन । दुबै मुलुकका वासिन्दाबीच रहेको मित्रता, सद्भाव, एवं पारिवारिक सम्बन्ध, विवाह, ब्रतबन्ध लगायतका कार्यका लागि प्रयोग हुने मुख्य नाका यहि नै हो । यसको छेउमा राजविराज भन्सार कार्यालय रहेकोले व्यापार व्यवसायी यसै नाकाबाट हुने गरेको छ ।
यता समाजवादी पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव निर्वाचित भएको क्षेत्र पनि यहि हो । उहाँले निर्वाचनताका दुवै मुलुकलाई जोड्ने ठोस मैत्री पुल निर्माणको लागि प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । चुनावी प्रचारप्रसारको क्रममा त्यहाँ पुग्दा स्थानीयसँग यस्तो प्रतिवद्धता व्यक्त गरेको बेलहीबासिन्दाले बताएका छन् । तर, अहिलेसम्म अध्यक्ष यादवले मैत्री पुल निर्माण गर्नेतर्फ कुनै चासो नदेखाएको उनीहरूको कथन छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu