Connect with us
Kapilvast Forest

‘नागरिक सुस्त भए, सरकार पनि सुस्त हुन्छ’

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

madhav nepal

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एक जुट हुन आह्वान गर्नुभएको छ । ‘नागरिक सुस्त भए, सरकार पनि सुस्त हुन्छ’ शनिबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘विकासमा संघ, प्रदेश र स्थानीय तहको मुख्य भूमिका हुन्छ । काम सानो होस् या ठूलो त्यसमा ३ वटै पक्षको भूमिका रहन्छ ।’

पूर्व प्रधानमन्त्री नेपालले ३ तहकै समन्वयमा मात्र मुलुकको विकास अघि बढ्ने उल्लेख गर्नुभयो । ‘जनताको अपेक्षा धेरै छन्, सरकारले सबै समस्या समाधमन गर्नूपर्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘३ तहको सरकारको हातेमालोबाट मात्र जनताका समस्या समाधान हुन्छ । ३ वटै पक्षबीच समन्वय नगरी विकास संभव छैन ।’

वरिष्ठ नेता नेताले सानातिना काम स्थानीय तहबाटै हुनुपर्ने उल्लेख गर्नुभयो । ‘हामी कहाँ सानोतिनो कामको लागि पनि केन्द्रको मुख ताक्ने प्रवृति छ, अब त्यस्तो प्रवृति अन्त्य गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सडकको खाल्डाखुल्डी पुर्न र धुलोहिलो हटाउन केन्द्रको मुख तान्नु पर्दैन । त्यो काम स्थानीय तहले गर्न सक्छ । सडकको खाल्डाखुल्डी पुर्न र धुलोहिलो हटाउने कार्य केन्द्रीय सरकारले गरिदेला कि भनेर कुर्न उचित होइन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu