Connect with us
Kapilvast Forest

नेपाली पोशाकमा सजिए कामना सेवाका कर्मचारी, महिनाको पहिलो सोमवार नेपाली पोसाक लगाउने

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तुमा भदौ २,

सोमवार विहान कामना सेवा बिकास बैकमा पुगेका सेवाग्राहीहरु अचम्मा परे । पहिलो पटक देख्नेहरुले आपसमा कुरा गर्दै थिए कर्मचारीको पोशाक चेन्ज भएको हो र । क्या चिटिक्कै सुहाएको भन्दै कुराकानी गर्दै थिए । कामना सेवा विकास बैकका कर्मचारी अन्य दिन भन्दा सोमबार केही फरक देखिए ।

     
खास गरि बैंकहरुमा काम गर्ने कर्मचारी सर्ट,पाइन्ट लगायतका पोशाकमा रहने गरेको पाइन्छ । अझ नेपाली मौलिक पोसाकहरुको प्रयोग कम हुँदै गएको छ । कामना सेवा बिकास बैंकका कर्मचारीहरुले भने नेपाली मौलिक पोसाकको संरक्षणमा जुटेका छन । कामना सेवा विकास बैकले नेपालमा रहेको आफनो ९८ शाखामा कार्यरत कर्मचारीहरुले सांस्कृती झल्कीने पोसाक लगाएका थिए ।  नेपालीपनको अभाष होस सबै कला, धर्म, सांस्कृतीको पहिचान झल्कीने उदेश्यले पोसाक लगाइएको हो ।

 

थारु बहुल्यता भएको ठाँउमा थारु पहिरन, तराई बहुल्यता भएको ठाँउमा तराईको पहिरनमा सजिएर कामना सेवा विकास बैकका कर्मचारीहरुले सेवा सुविधा दिएका छन । हिमाल पहाड र तराईको पहिचान झल्कीने उदेश्यले पोसाक लगाइएको हो ।

नेपालको ९८ ठाँउमा रहेको परिवेशको रहन सहन कला सास्कृती झल्कीने तवरले पोसाक लगाएर काम गरेका छन । बैकका कर्मचारीले देखाइको पोसाक प्रतीको सम्मानले अधिकांस सेवाग्राही खुलेरै प्रशासा गरेका थिए । बैंकका कर्मचारीले पोसाक संरक्षण गरेको भन्दै सेवाग्राहीहरु खुशी व्यक्त गरेका थिए ।कपिलवस्तुको चन्द्रौटामा रहेको कामना सेवा बिकास बैक शाखा कार्यालयका सबै कर्मचारीहरु सोमबार दौरासुरुवाल तथा महिला कर्मचारी परम्परागत कला सास्कृती झल्कीने पोसाकमा सजिएका थिए । 

देशकै सास्कृतिक पोसाकको सरक्षण पनि हुने र बैकंले हरेक महिनाको पहिलो सोमबार मौलिक पोसाक लगाउने निर्णय भए अनुसार चन्द्रौटा शाखाले पनि मौलिक पोसाक लगाएको शाखा प्रमुख अनिष लुइटेलले जानकारी दिनु भयो ।

हाम्रो सस्कृति लोप हुने अबस्थामा पुगेकोले पनि यसको सरक्षणमा सबै युवाहरु जुट्नु पर्ने लुइटेलले बताउनु भयो । कामना सेवा बिकास बैंकको चन्द्रौटा शाखाले यस भन्दा पहिले पनि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu