Connect with us
Kapilvast Forest

नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा बञ्जाडे

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

  • चन्द्रौटा(कपिलवस्तु), २१ साउन ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । व्यवसायी संघको प्रथम जिल्ला भेलाले गोपाल प्रसाद बञ्जाडे अध्यक्ष रहेको ७ सदस्यीय नयाँ कमिटी सनिवार सर्वसम्मत चयन गरेको हो ।

आयुर्वेद औषधि व्यवसायी संघको उपाध्यक्षमा मतिराज घिमिरे, सचिवमा दीपक पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै भेलाले सहसचिवमा शान्ता पोख्रेल र कोषाध्यक्षमा शान्तराज गैरेलाई चयन गरेको छ । भने भेलाबाट पञ्च कुमारी थारु र दिनेश थारु सदस्यमा चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आयुर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेद व्यवसायीहरुको हकहितका लागि पनि सबैजना गोलबद्ध हुनुपर्नेमा जोड दिए । नयाँ पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै वरिष्ठ आयुर्वेद चिकित्सक डा. पौडेलले सेवाग्राहीलाई गुणस्तर र भरपर्दो सेवा प्रवाह गर्नुपर्ने सुझाव दिए । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने बताउँदै डा. पौडेलले आगामी दिनमा सेवाग्राहीको मन जित्दै आयुर्वेद औषधिप्रति विश्वास बढाउने खालको सेवा प्रदान गर्न समेत सुझाव दिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष डा. धर्मराज भट्टराई, मेलान कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद खनाल, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय तौलिहवाका कविराज मोहन गौतम, कविराज मञ्जु सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्वाचित अध्यक्ष गोपाल प्रसाद बञ्जाडेले सेवाग्राहीको विश्वास जित्न भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे । उनले हरेक नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्ने र संगठनलाई मजबुत बनाउन रचनात्मक कार्यक्रम गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । साथै जिल्लामा छरिएर रहेका सम्पूर्ण आयुर्वेद औषधि व्यवसायीहरुलाई संघमा आबद्ध हुन समेत आग्रह गरे । हाल संघमा ५० बढी आयुर्वेद औषधि व्यवसायी आबद्ध रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu