Connect with us
Kapilvast Forest

पोस्टमार्टम रिपाेर्टमा यस्ताे भेटियाे (आज पनि रविको बयान)

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । न्युज २४ का पत्रकार शालिकराम पुडासैनीको झुण्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले गरे ।

‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गछौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ, उनले भने ।

पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वलिकको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।, नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu