Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई स्वस्थ देखेर खुशीले प्रश्नै बिर्सेछु: रिजाल

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको बिशेष समयमा उहाँले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताउनुभएको हो ।

रिजालले बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै त्यो पूरा हुन नसके प्रधानमन्त्री असफल हुने तर्क गर्नुभयो । ‘प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला, तर जनताले प्रधानमन्त्रीसंग गरेको कार्यसम्पादन करार खै ?’ उहाँले भन्नुभयो, ‘हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्री ज्यू । त्यतिमात्रै होइन संसदले गरेको थियो । कार्यसम्पादन करार अघिल्लो वर्ष । बजेट कार्य सम्पादन करार हो । संसद र सरकारको । पूरा गर्न सक्नुभएन प्रधानमन्त्री ज्यू । यो परीक्षामा असफल भइ सक्नुभयो । आउने दिन सफलता प्राप्त होस् शुभकामना व्यक्त गर्छु ।’

एक बर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उहाँले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराउनुभयो ।

लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दे उहाँले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीले आफ्नो सम्बोधन मा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दे सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । ठिक हो प्रधानमन्त्री ज्यू, यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ?’ उहाँले भन्नुभयो, ‘यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ता भित्रै कोही तरंगित नभएको होस् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu