Connect with us
Kapilvast Forest

यसकारण बनाइए नेकपामा वामदेव शक्तिशाली

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

bamdev

नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘वामदेवलाई ओलीसँग सम्बन्ध बिगार्दा आफू पार्टी राजनीतिमा पर्दापछाडि परिने अनूभूति भइरहनु र ओलीलाई पनि वामदेवलाई विरोधी बनाउँदा पार्टीभित्र अप्ठ्यारो भइरहने अनूभूति भएपछि दुई नेताबीच सम्झौताको सम्बन्ध बनेको हो।’

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा ) का सचिवालय सदस्य वामदेव गौतमलाई फेरि शक्तिशाली भूमिकामा उभ्याइएकाे छ । गत प्रतिनिधिसभा चुनावमा पराजित भए यता नेकपाभित्र गौतमको राजनीतिक भविष्यमाथि नै प्रश्न उठिरहेका बेला एकाएक उहाँ फेरि पार्टीमा शक्तिशाली बनेर उदाउनुभएकाे छ ।

गाैतमले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठक एकमत बन्याे । अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र प्रभावशाली बन्नेछन्।

अध्यक्ष ओलीसँगकाे तिक्तता अन्त्य

दुई कम्युनिस्ट पार्टी एकतामा निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुनु परेको र उपचुनावमार्फत फेरि संसद बन्ने तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुग्नुभएकाे थियाे ।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राख्नुभएकाे थियाे। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए। त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘वामदेवलाई ओलीसँग सम्बन्ध बिगार्दा आफू पार्टी राजनीतिमा पर्दापछाडि परिने अनूभूति भइरहनु र ओलीलाई पनि वामदेवलाई विरोधी बनाउँदा पार्टीभित्र अप्ठ्यारो भइरहने अनूभूति भएपछि दुई नेताबीच सम्झौताको सम्बन्ध बनेको हो।’

ओली–वामदेव सम्बन्धपछि नेकपाभित्रको राजनीतिमा नयाँ समीकरण देखिएको छ। झन्डै दुई साताअगाडिसम्म अध्यक्ष ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर र अन्य सचिवालयका ६ नेता अर्कातिर जस्तै देखिएको राजनीतिक समीकरणमा गौतमको भूमिका बलियो भएपछि नयाँ मोड लिन पुगेको छ।

जबज जोगाउन वामदेवलाई उपाध्यक्ष
पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नेकपामा नयाँ विवाद शुरु भएको छ ।

नेता गौतमलाई उपाध्यक्ष बनाउने निर्णयदेखि खनाललाई वरीयतामा ल्याउने तयारीप्रति अध्यक्षद्वयपछिको स्थानमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन् । पार्टीमा खनाललाई तेस्रो स्थान दिँदा नेपालको वरीयताक्रमपछि धकेलिने छ । त्यसमाथि पनि नेपाललाई ‘कर्नर’ मा पार्नेगरी सचिवालय बैठकमा नेताहरु प्रस्तुत हुन थालेपछि नेकपाभित्रको विवादले नयाँ रुप लिने देखिन्छ ।

एक महिनायता पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद बढेसँगै ‘गुट’ व्यवस्थापन र आगामी कार्यदिशाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो राखेको स्रोतको दाबी छ । तत्कालिन एमाले महासचिव मदनकुमार भण्डारीले पाँचौ महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद नै नेकपाको आगामी कार्यदिशा हुनुपर्छ भन्नेमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अडानप्रति अन्य नेता मौन रहेपछि उनका पक्षमा राष्ट्रपति भण्डारीले सक्रियता देखाएको बताइन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu