Connect with us
Kapilvast Forest

राष्ट्रिय बाणिज्य बैंक र ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच कर्जा सहकार्य सम्झौता

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बाणिज्य बैंक र उद्योग ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैदेशिक रोजगारबाट प्राप्त
विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भइ सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा सघाउ पुयाउनुको साथै
रोजगारी श्रृजना समेत हुने बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ शाखा
कार्यालयबाट कर्जा लिन सकिने बताउनुभयो ।

आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोेदायित्व रहने बताउनुभयो । आयोजनाले मोरङ सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर,
ओखलढुङ्गा, खोटाङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा जिल्लामा कार्य गरिरहेको
उहाँले जानकारी गराउनु भयो ।

समारोहमा राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी र केशवप्रसाद लम्साल उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, आयोजनाका ग्रामीण वित विशेषज्ञ सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu