Connect with us
Kapilvast Forest

‘साइकल चढ्नेले दुःख पाए’

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

samsad bhawan

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामियक र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले बाढीले बिगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत सम्भारको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सितापाइला –रामकोट –भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपाटी हुँदै बौद्ध जाने लगायत सडकको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले साइकल लेन अभावका कारण साइकल चढ्नेले दुःख पाइरहेको उल्लेख गर्नुभयो । ‘साइकल लेन व्यवस्थापनमा सरकारको ध्यान जाओस्’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले अविरल वर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले नुनसमेत नपाएको भन्दै यथाशीघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमसेनदास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

राजपाका सांसद अमृता अग्रहरीले आफूहरूको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिनुभयो । गिरिश चन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक प्रतिवद्धता जाहेर गरे पनि अहिलेसम्म सार्वजनिक नभएको भन्दै उहाँले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो ? भनी प्रश्न गर्नुभयो । उहाँले आरक्षण बचाउ अभियान अन्र्तगतको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ति जनाउँदै उहाँले अधिकारको लडाई जारी राख्ने चेतावनी दिनुभयो ।

नेकपाका सांसद मोहन बाँनियाले मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाइली स्नेहीले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu