Connect with us
Kapilvast Forest

बिरामी भेट्न कश्मीर पुगेका  नेता सीताराम येचुरी र डी राजा पक्राउ

२०७६, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । बिरामी नेतालाई भेट्न गएका भारतका कम्युनिष्ट पार्टीका नेता सीताराम येचुरी र डी राजालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव येचूरी र राजालाई कश्मीरस्थित श्रीनगरबाट पक्राउ गरिएको हाे ।

आफ्नो गिरफ्तारीबारे येचुरीले ट्विटमार्फत जानकारी गराएका छन् । येचुरीको पक्राउलाई लिएर भाकपाले भारतीय सरकारबाट गैरकानुनी कदम अघि बढेको भन्दै विरोध गरेको छ।

भ्रमण तय गर्नु अघि येचुरी र राजाले जम्मू-कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेख्दा पनि नियतबस आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले सोमबार जम्मू-कश्मीरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धित संविधानको अनुच्छेद ३७० खारेज गरेपछि त्यसलाई लिएर तनाव शुरू भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu