Connect with us
Kapilvast Forest

अब पैसा हुनेले किन्न सक्नेछन् कुकुरको काम गर्ने रोबर्ट, यस्तो छ विशेषता

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

इन्जिनियरिङ्ग र रोबोट डिजाइनिङ्ग कम्पनी बोस्टन डाइनामिक्सले रोबर्ट कुकुर सार्वजनिक गरेको छ ।

कम्पनीले रोबर्ट कुकुरलाई केही चुनिएका ग्राहकलाई बेच्ने बताएको छ । कम्पनीका अनुसार यो रोबर्टले भवन निर्माणमा प्रयोग हुने सामान सजिलै बोक्न सक्छ ।

लडेपछि आफै उठ्न सक्ने यो रोबर्ट कुकुर विषम मौसमा पनि काम गर्न सक्छ ।

धुलो तथा बाटरप्रुफ
बोस्टन डाइनामिक्सले ‘स्पट’ नाम दिइएको रोबर्ट कुकुरको क्षमता देखाउने गरी एउटा भिडियो जारी गरेको छ । भिडियो अनुसार कुकुर १.६ मिटिर प्रति सेकेण्डको गतिमा दौडिएको देखाइएको छ ।

त्यस्तै रोबर्ट कुकुरमा ३६० डिग्री क्यामेरा छ जसले गर्दा यसले आफू वरिपरि सबैतिर देख्न सक्छ ।यो रोबर्टको अर्को विशेषता यो माइनस २० डिग्री सेल्सियसको बरफ जम्ने चिसोदेखि ४५ डिग्रीको तातोमा पनि काम गर्न सक्छ ।यसलाई निर्माण–स्थल, ग्यास, बिजुली कम्पनी र सार्वजनिक सुरक्षाक्षेत्रमा प्रयोगमा लगाउन सकिनेछ ।तथापि नयाँ रोबर्ट सबैले किन्न भने सक्ने छैनन् । कम्पनीका अनुसार यो केही चुनिएका ग्राहकहरुलाई मात्र किन्न सक्नेछन् ।

रोबर्ट कुकुरको मुल्य तोकिएको छैन । तर निर्माताहरुले यसको मुल्य एक कार बराबर हुनसक्ने बताएका छ ।यो रोबर्टलाई सन् २०१५मा नै सार्वजनिक गरिएको थियो । यसको पहिलो भिडियो २ करोड २७ लाखभन्दा बढी मानिसले हेरिसकेका छन् ।कम्पनीले यस रोबर्ट घरबाहिर मात्र होइन घरभित्रका कामा पनि प्रयोग गर्न सकिने बताएको छ । उसका अनुसार यसले खाना खाएको भाडालाई डिसवासरमा राख्न सक्छ, ढोका खोल्न सक्छ अझ फ्रिज खोलेर त्यहाँको सामान ल्याउन सक्छ ।

यो रोबर्ट कुकुर यही वर्षबाट ग्राहकलाई बेच्न थालिनेछ ।

रोबर्ट कुकुर निर्माता बोस्टन डाइनामिक्स रोबोटिक्स क्षेत्रमा निक्कै चर्चित नाम हो । यो कम्पनी सन् १९९२ मा म्यासाचुसेट इन्टीच्युट अफ टेक्नोलोजी(एमआईटी)मा गठन भएको थियो ।

सन् २०१३ मा यसलाई गुगलले किन्यो । तर चार वर्षपछि नै गुगलले जापानको सफ्टबैंकलाई बेचिदियो ।

सफ्टबैंक संसारमा पहिलो पटक मानव संवेदना पढ्न सक्ने रोबर्ट ‘पीपर’ निर्माण गर्ने कम्पनी थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu