Connect with us
Kapilvast Forest

अस्पतालमा तालिबानको आक्रमण, कम्तीमा १० जना मारिए, अस्पताल ध्वस्त

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं, असोज २ । अफगानिस्तानको दक्षिणी कलात सहरस्थित एक अस्पतालमा तालिबान लडाकुले गराएको विस्फोटमा परी कम्तीमा १० जना मारिएका छन् ।

विस्फोटक पदार्थले भरिएको मिनिट्रक अस्पतालको बाहिर विस्फोट गराइएको थियो ।मारिनेमा चिकित्सक र बिरामीहरु रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।

विस्फोटका कारण अस्पताल ध्वस्त भएको छ ।

तालिबानले अस्पतालनजिकै रहेको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको जनाएको छ ।

अफगानिस्तानमा नजिकिँदो आमचुनाव र अमेरिकासँगको शान्तिवार्ता भंग भएपछि तालिबानले दैनिकजसो आक्रमणहरु गरिरहेको छ । (एजेन्सी)

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu