Connect with us
Kapilvast Forest

काँग्रेसको जागरण अभियान महाराजगंजमा, वडा अध्यक्ष चौधरी काँग्रेसमा प्रवेश

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु , असोज २, 
नेपाली कागे्रसको दोस्रो जागरण अभियानलाई निरन्तरता दिइएको छ । जस अन्र्तरगत क्षेत्र नं २ को ख मा पर्ने महाराजगंजमा सभा बुधवार सम्पन्न गरिएको छ । सभामा प्रमुख अतिथीको रुपमा वोल्दै पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्र राज आचार्यले गाउं गाउंमा गएर जागरण अभियानले स्थानीय कार्यकर्ता र जनताका समस्याहरु जान्न सकिएको बताए ।

साथै वर्तमान सरकारका काम कारवाही जनमैत्री नभएकोले नागरिक स्थानिय स्तरबाटै जाग्नु पर्ने बताउनु भयो । ६ वटै प्रदेश निर्वाचत क्षेत्रका विभिन्न स्थानमा जागरण अभियान निरन्तर चलेको कागे्रंस कपिलवस्तुका सभापति सुरेन्द्र राज आर्चायले बतांए । सो कार्याक्रममा जिल्ला उपसभापती अब्दुल कलामले जागरण अभियानले कार्याकर्ताहरुमा उर्जा थपिएको बताउनु भयो । कलामले काग्रेसले विगतमा गरेको कमजोरी सच्चाएर अघी बढने बताउनु भयो ।

काग्रेसको जागरण अभियानमा निर्वाचित वडा अध्यक्ष सहित २५ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन । महाराजगंज नगरपालिका वडा नं १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरी, वडा सदस्य उषा रैदास, मैनुदिन मुुसलमान, शिवराजी रैदास र बासुदेव अहिर सहित २५ जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

सो कार्यक्रममा काग्रेस नेतृ शुभापती कुर्मी,गंगेश नाथ तिवारी, निबर धुनियाँ, रविन्द्र ठाकुर, गिता खनाल, शुसिल कुमार चौधरी, मोहम्मद हुसेन धुनिया, जगदिश प्रसाद तिवारी, मनौव्वर धुनिया, राम अचल कुर्मी लगायतले लगायत वोलेका थिए । कार्यक्रम वुध सभापति निबर धुनियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu