Connect with us
Kapilvast Forest

ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ ।

अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले वार्तामार्फत् अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने वातावरण तयार पारे उसलाई समेत फाइदा पुग्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

वार्ता निरन्तर चलिरहेका बेला राष्ट्रपति ट्रम्पकै कारण वातावरण बिथोलिएको अफगानिस्तानले आरोप लगाउँदै आएको छ ।

वार्ताको वातावरण बन्दै गएपछि ट्रम्पले अफगानिस्तनका राष्ट्रपति असरफ घानीलाई सेप्टेम्बर ८ मा भेट्न चाहेको समाचार बाहिरीएका थिए ।

तर सेप्टेम्बर ६ मा राजधानी काबुलमा तालिवानीको आक्रमाणबाट एक अमेरिकी सैनिकसहित १२ जनाको मत्यु भएपछि वार्ताको वातावरण बिथोलिएको हो ।

त्यसलगत्तै अमेरिकी विदेश सचिव माइक पोम्पेओले तालिवानी आक्रमणको भत्र्सना गर्दै अफगानिस्तान शान्ति वार्ताप्रति इमान्दार नभएको आरोप लगाएका थिए ।

तर अफगानी वार्ता टोली नेता अब्बासले तालिवानी लडाकूहरुले गलत नगरेको भन्दै आक्रमणको बचाउ गर्दै आएका छन् ।(एजेन्सी)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu