Connect with us
Kapilvast Forest

ट्राइ एडभेन्चरमा त्रिभुवन आर्मी च्याम्पियन

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं – त्रिभुवन आर्मी क्लब तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगितामा च्याम्पियन भएको छ।

दौड, साइक्लिङ र -याफ्टिङ गरी तीन विधा सम्मिलित ट्राइ एडभेन्चरमा बुधबार भारतीय सेनालाई पछि पार्दै त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको हो। धादिङको बैरनीदेखि चरौंदीसम्म सञ्चालित साहसिक प्रतियोगितामा ६.७ किलोमिटरको दौड, २६ किमी साइक्लिङ र ११ किलोमिटर -याफ्टिङ गरी कुल तीन विधाको ४३.७ किलोमिटरको ट्राइ एडभेन्चर प्रतिस्पर्धा भएको थियो।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली २ घण्टा २० मिनेट ४८ सेकेन्डमा उक्त तीन विधाको दूरी पूरा गर्दै च्याम्पियन बन्यो। भारतीय सेनाको ‘ए’ टोली दोस्रो स्थानमा खुम्चिँदा २ घण्टा २५ मिनेट ३२ सेकेन्डमा दूरी पूरा ग-यो। भारती सेनाकै ‘बी’ टोलीले तेस्रो स्थान प्राप्त ग-यो। ‘बी’ टोली २ घण्टा २६ मिनेट १५ सेकेन्डमा उक्त दूरी पूरा गर्न सफल भयो।

पुरुषतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी प्राप्त गरे। महिलातर्फको प्रतिस्पर्धामा १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाल ट्रायथलन एसोसिएसन(एनटिए)को राष्ट्रिय टोली पहिलो भयो। एनटिएले तीन विधाको उक्त दूरी पूरा गर्न तीन घण्टा १८ मिनेट २० सेकेन्ड समय लगायो।

दोस्रो स्थानमा रहेको प्याडल्स नेपालले ४ घण्टा १४ मिनेट ५० सेकेन्डमा दूरी पार ग-यो। तेस्रो स्थानका अन्य टोली उक्त साहसिक यात्रा गर्न असफल भएको ट्रायथलनका प्रशिक्षक राजीव चन्दले जानकारी दिए। महिलातर्फ शीर्ष दुई टोलीले क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कारका साथै ट्रफी प्राप्त ग-यो।

प्रतियोगितामा पाँच अन्तर्राष्ट्रिय टोलीसहित कुल १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको २ टिमसहित पुरुषमा १० र महिलामा तीन टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए। भारतको दुई, माल्दिभ्स, बंगलादेश र श्रीलंकाबाट समान एक टोलीले चुनौती प्रस्तुत गरेका थिए। माल्दिभ्स र भारतले पहिलोपटक सहभागिता जनाएका थिए भने पाकिस्तान पर्यवेक्षकको रूपमा रहेको थियो।

प्रतियोगितामा भारतीय सेनाको ‘ए’ टोली उत्कृष्ट अन्तर्राष्टिय टिम हुन सफल भयो। विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापा, रथीद्वय शरद गिरि र गौरव तण्डुलले पुरस्कार प्रदान गरेका थिए। वि.सं. २०७१ सालदेखि राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको सो प्रतियोगिता ०७४ सालबाट मित्रराष्ट्रका सैनिक टोलीको समेत सहभागिता रहँदै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu