Connect with us
Kapilvast Forest

परदेशीको कथा ‘निन्द्रा नै लाग्दैन’ सार्वजनिक (भिडियोसहित)

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । उज्ज्वल भविष्यको सपना बोकेर परदेशिएका ४० लाख नेपालीको साझा कथालाई मुख्य विषय बनाई तयार पारिएको गीत ‘निन्द्रा नै लाग्दैन’ सार्वजनिक भएको छ । आशिष पुरुषको शब्द रचना रहेको ‘निन्द्रा नै लाग्दैन’मा गायक अनिल सिंहको स्वर र संगीत छ ।

गीतमा प्रमोद निर्वानले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोलाई नेपाल र युएइमा छायाँकन गरिएको छ । एक दशकदेखि कामको शिलशिलामा यूएईमा रहँदै आएका गीतकार एवं कलाकार आशिष पुरुष र अभिनेत्री नम्रता सापकोटाले भिडियोमा अभिनय गरेका छन् ।

नेपालका दृष्यहरुमा सुरेश काफ्लेको छायाँकन गरेका छन् । युएइका दृष्यलाई प्रकाश न्यौपानेले छायाँकन गरेका हुन् । विकास सुवेदीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । अगष्ट ३० तारिखसुदुरपश्चिम सेवा समाज युएईले आयोजना गरिएको गौरा विशेष सांस्कृतिक कार्यक्रममा म्युजिक भिडियोको विमोचन गरिएको हो ।

आशिषले भिडियो आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् । आशिष अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) एसियाका संयोजक हुन् ।youtu.be/oorLhp69qlQ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu