Connect with us
Kapilvast Forest

मूर्ति बनाउन भ्याइनभ्याई (फाेटाे फिचर)

२०७६, ११ आश्विन शनिबारमा प्रकाशित

  सनिउल्ला धोबी, 

कपिलवस्तु ११ असोज । जिल्लाका १० स्थानीय तहका करिब ५ सय बढी स्थानमा दुर्गा देवीको मुर्तीको झाँकी निकालिने गरिन्छ । यही कारण दशैंका लागि भगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेश लगाएत भगवानका मूर्ति बनाउने क्रम बढेको छ ।

दशैंमा राम्रो आम्दानी हुने भएपछि भारतीय नागरिकले नेपालमा आएर मूर्ति बनाउन थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा अहिले मूर्ति सिंगार पटार गर्न मुर्तीकारलाई भ्याईनभ्याई देखिन्छ । एक महिना अघिदेखि मुर्ती बनाउन सुरु गरेका कालिगढहरु अहिले अन्तिम चरणमा पुगेको चन्द्रौटाबाट मुर्ती  खाेज्न गएका  दिपेन्द्र मौर्याले बताए ।

दशैंमा राम्रो आम्दानी हुने भएपछि भारतीय नागरिक नेपालमा आएर मूर्ति बनाइरहेका छन । तिन जनाको समुहमा भारतको बिहारस्थित मुगेर जिल्लाबाट मुर्तीकारहरू कपिलवस्तुको कृष्णनगर गुर्चिहवा आएका हुन् । उनीहरु त्रिपाल टाँगेर बसिरहेका छन् । अहिले कालिगढले १५ सेट मूर्ति निमार्ण गरिसकेका छन् । मूर्ति बनाउने मुर्तीकारहरु देवीदेवताका मुर्ती बनाएर मनग्य आम्दानी गरिरहेका छन् । अरु बेला देखा नपर्ने मूर्ति व्यवसायीे दशैंको एक सिजनमा मात्र लाखौं आम्दानी गर्ने गरेको मुर्तिकार अमित कुमारले बताए ।

एक सिजनमा १५ देखी ४० सेटसम्म मूर्ति बनाउने व्यवसायीले एक सेट मूर्तिलाई ५० हजारसम्ममा बिक्री गर्ने गरेका छन् । विगत केही वर्ष मूर्तिकारले कपिलवस्तुको गुुर्चिहवामा आएर आर्कषक डिजाइनका मूर्ति बनाउने गरेका छन । नेपालीहरुमा यस्तो सिप नभएपनी छिमेकी राष्ट्र भारतबाट मुर्तीकार आएर मूर्ति बनाई जिविकोपार्जन गर्ने गर्द छन् ।

माटो, बाँस, पराल र भुसबाट बनाईने मूर्ति जिल्लाको तौलिहवा, कृष्णनगर, बहादुरगंज, महाराजगंज, पकडीलगायतका बजारका चोक र गल्लिमा बिक्री वितरण हुने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu