Connect with us
Kapilvast Forest

मेषको ‘ढुकढुकी’मा केकीसंग रिजनको मायापिरती

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौँ । मेष बहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ ।

भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेत लगायतको अभिनय रहेको छ ।

सफल चलचित्र झोलाका निर्देशक यादवकुमार भट्टराईले निर्देशन रहेको उक्त भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीले सह निर्देशन गरेका छन् ।

रुवरुपराज आचार्य र मेलिना राईको पहिलो संयुक्त गायन रहेको गीतमा मेष बस्नेतको शब्द रहेको छ । गीतमा आरपी लामिछाने (रामु दाई)ले संगीत भरेका छन् ।

गीतमा रकेश ओलीको संगीत संयोजन र श्यामश्वेत रसाइलीको संगीत सम्पादन रहेको छ ।मदन काश्यप घिमिरेलेको छायाङ्कन रहेको भिडियोमा उज्वल ढकालले सम्पादन गरेका छन् ।

उक्त गीत हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लजिक मिडिया र मिडिया फर कल्चरको उत्पादनमा बनेको गीतलाई धुलिखेलको होटल सारथीलगायत काभ्रेका विभिन्न ठाउँमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu