Connect with us
Kapilvast Forest

युरोपियन च्याम्पियन्स लिग सुरु हुँदै, आज आठ खेल हुने

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति समूह चरणका आठ खेल हुनेछन् ।

आज इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ ।कम अनुभवी युवा खेलाडीहरुको जमात चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डको लागि आजको खेल परिक्षाको रुपमा रहेको छ ।

आजै जर्मनीमा हुने खेलमा बोरुसिया डर्टमण्ड र बार्सिलोना भिड्नेछन. । यो खेलका लागि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी ‘फिट’ रहेको बताईएको छ ।

आज राती इटालीको ईन्टर मिलानले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा फ्रान्सको लियों र रुसको जेनिथ, अष्ट्रियाको साल्जबर्ग र बेल्जियको गेन्क, पोर्चुगलको बेनिफीका र जर्मनीको आरबी लेप्जीग तथा नेदरल्याण्ड्सको आयाक्स र फ्रान्सको लिल् भिड्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu