Connect with us
Kapilvast Forest

‘युवा तिमी धुव्रतारा हौ’ भिडियो सार्वजनिक

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । श्रीलक्ष्मी सिंहद्वारा रचित तथा शान्ति सदा र गुरुशरण सदाकाे स्वर रहेको गीत ‘युवा तिमी धुव्रतारा हौ’ को म्युजिक भिडियो विमोचन गरिएको छ ।

मुनलाईट फिल्मस् प्रालिद्वारा उत्पादित तथा सवारी संकल्प समाजको समन्वय रहेको गीतको निर्देशन आसिक राईले गरेका छन् । गीतमा श्रीलक्ष्मी सिंहको शब्द, गुरुशरणको लय रहेको छ ।

न्हुच्छे मर्हजनको संगीत संयोजन रहेको गीतलाई शान्ति सदा एण्ड गुरुशरणसदा नामक युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतले देशमा विद्यमान बेरोजगारीको अवस्थालाई आधार मानेर विदेशिने युवाको पीडालाई उजागर गर्न खोजको छ ।

आफ्नो बाध्यताका कारण दैनिक लाखौं युुवाहरू विदेशिरहेको अवस्थामा देशमा नै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रेत भई स्वदेशमै रोजगारीका सम्भावना खोज्न आवश्यक रहेको भावना समेटिएको छ ।

‘युवा तिमी ध्रुव तारा हो, युवा तिमी सगरमाथा हौ’ भन्ने मूल भावसहित देशको विकास युवाको काँधमा रहको भन्ने भावनालाई पनि उक्त गित मार्फत सन्देश दिन खोजिएको छ ।

गीतमा वरिष्ठ कलाकार उक्तम केसी, लक्ष्मण चौलागाँई, गोमा काफ्ले, आदित्य ठकुरी, संगिता श्रेष्ठ, सन्तोष गुरुङ तथा सावित्रा भुजेलको निकै नै सुन्दर अभिनय रहेको छ । गीतमा बालकलाकारको रुपमा शशी सदा, सगुन सदा, शक्ति सदा, समिक्षा सदाको भूमिका छ ।

गीतको लोकापर्णको क्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारी बाध्यता रहेपनि स्वदेशमा नै धेरै गर्न सकिन्छ भन्ने भावना दिन खोजेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu