Connect with us
Kapilvast Forest

समाजवादी युवा सघंले भ्रष्टाचार विरुद्ध प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु असोज १/ समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा सघंले महगी भ्रष्टाचार विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समाजवादी युवा संघ कपिलवस्तुले बढदो भ्रष्टाचार, महगी, बेतिथी र विभिन्न बिदेशी कम्पनीले सरकारलाई तिर्नुपर्ने कर राजस्व नतिरी उम्कन खोजेको भन्दै ज्ञापनपत्र बुझएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत ज्ञापन पत्र बुझाउदै समाजवादी युवा कपिलवस्तु कर नतिर्नले नेपालको अर्थ नीति पुर्ण रुपमा बिफल भएको जनाएको छ । समाजवादी युवा सघं प्रदेश नं ५ का उपाध्यक्ष मिनहाज आलम खांद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा एनसेल प्रकारणले नेपाललाई कर नतिरी राज्यलाई कमजोर बनाउने प्रत्येक्ष उदाहरण भएको जनाएको छ । यस्तो अवास्थामा सरकार गम्भीर हुनुपर्छ भन्ने हाम्रो ठम्याइ रहेको बताइएको छ ।नेपालको ब्यापार घाटा रु १० खर्ब भन्दा माथी नाघ्नु चिन्ताको बिषय रहेको छ । अत कर नतिर्ने, राजस्व छल्ने, भ्रष्टाचार गर्ने लगायत कु तत्वलाई समयमै निश्तेज गर्न समाजवादी युवा संघले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu