Connect with us
Kapilvast Forest

‘३५ वर्षदेखि अर्थ क्षेत्रमा छु, मैले बनाएको कोरा सिद्धान्त किन पालना हुँदैन ?’

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न संचार माध्यमलाई आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ संचार माध्यामलाई सचेत गराउनुभयो ।

‘मैले अर्थतन्त्रमै ३०–३५ वर्ष बिताएको छु’ उहाँले भन्नुभयो । हामीले बनाएको अर्थतन्त्रका कोरा सिद्धान्त किन पालना हुँदैनन ? मैले अझै बुझ्न सकेको छैन ।’ अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नहुने उहाँको भनाई छ ।

बिहीबार त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर एकीन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँको मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सार लगायतका शुल्कको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्नेमा परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गइरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने–नहुने बहसको विषय भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको दोहोर्याउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu