Connect with us
Kapilvast Forest

अमेरिकी उम्मेदवार जिताउन एनआरएन अमेरिकाले थाल्यो अभियान

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

न्यूयोर्क । अमेरिका, गैरआवसिय नेपाली संघ अमेरिकाले आगामी आईसीसी निर्वाचनलाई मध्यनजर गर्दै अमेरिका क्षेत्रबाट आईसीसीमा आकाक्षा राख्नेहरुलाई एक्रै थलोमा जम्मा गरी छलफल चलाएको छ ।

अमेरिका क्षेत्रबाट सबैभन्दा धेरै सदस्य सख्या भएर पनि आईसीसीमा बलियो उपस्थिति जनाउन नसकेको सन्र्दभमा यस क्षेत्रका उम्मेदवारहरुको निर्वाचन एजेण्डा र आपसी एकता कायम गराउने उदेश्यले अन्र्तक्रियाको थालनी गरिएको अध्यक्ष सुनिल साहले बताए ।

सदस्यको संख्यात्मक हिसाबले होस् वा परोपकारी कामका लागि गरिएको योगदानका हिसाबले अमेरिकाको योगदान विश्वका अरु एनसीसी भन्दा सधै बढी नै भैरहेको तर आईसिसिमा उपस्थिति जनाउन नसक्नुमा आपसी एकता नभएकोले एकता कायम गर्न सबै उम्मेदवारलाई एकै थलोमा आमन्त्रण गरिएको भन्दै अध्यक्ष शाहले भने, ‘अमेरिकाका उम्मेदवारलाई जिताउन निर्वाचनको दिनसम्म सबैखालको प्रयास जारी रहनेछ ।’

‘मैले विगतमा ५ वटा निर्वाचनमा सहभागी भए तर परिणाम खासै आएन कारण हामीले गरेको कोसिस पनि कम भयो की भन्ने लागेर बेलैमा साथीहरुलाई एकै थलोमा राखी छलफल चलाएका हौं, अध्यक्ष शाहले भने । यस्तो भेलामार्फत परिणाम आउने आशा पनि छ अध्यक्ष शाहले टाउन हल बैठकलाई सम्बोधन गर्दै बताए ।

‘हामी जो आइसिसीका विभिन्न पदमा जाने इच्छा जाहेर गरिरहेका छौं को व्यक्ति कुन पदको उम्मेद्वार बन्दा राम्रो हुन्छ तपाई हामी बसेर खुल्ला हृदयका साथ छलफल गरेर एनआरएनए आइसिसीमा अमेरिकाको बलियो उपस्थितिका लागि विना आग्रह र पूर्वाग्रह हिड्ने कोशिस हो’, शाहले भने ।

कार्यक्रममा अमेरिकाबाट अघिल्लो आईसीसी निर्वाचनमा उपाध्यक्षमा निर्वाचन लडेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले आईसीसीमा चुनाव जित्न एसिसिको विशेष भूमिकाको साथै अन्र्तराष्ट्रिय रुपमा नै सम्पर्क सन्जाल बनाउनु पर्ने र त्यसका लागि सबैले आपसी हातेमालो गरेर जानुपर्नेमा जोड दिए ।

अमेरिकाबाट आईसिसिका लागि उपाध्यक्ष पदका लागि सोनाम लामा, रविना थापा, महासचिवमा निवर्तमान अध्यक्ष डा केशव पौडेल, सचिवमा वर्तमान क्षेत्रिय संयोजक गौरी जोशी र सहकोशाध्यक्षमा पूर्व क्षेत्रिय सहसंयोजक एसी शेर्पाले उम्मेदवारी दिने बताएका छन ।

न्यूयोर्कमा सम्पन्न टाउन हल छलफलमा उम्मेदवारबीचको अन्र्तक्रिया र एनसीसीले गरेको पहलले एनआरएन अमेरिकाले आफ्नो क्षेत्रमा चुनावी परिणम ल्याउन खेलेको भूमिकाले सकारात्मक सन्देश गएको छलफलमा सहभागीहरुले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu