Connect with us
Kapilvast Forest

डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारको अचानक बर्खास्त

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनलाई मंगलबार अचानक बर्खास्तको घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार गएराति सो घोषणा गरेका हुन् ।

“मैले जोहन बोल्टनलाई तिम्रो सेवा अब ह्वाइट हाउसलाई जरुरी नभएको गए राति बताएको छु,” अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै जनाएका छन् ।

उनका सुझावमा आफूले कडाइका साथ असहमति प्रकट गरेको समेत ट्रम्पले जनाएका छन् । उनका अनुसार नयाँ सुरक्षा सल्लाहकारको नियुक्ति अर्को साता हुनेछ । तालिबानसँगको शान्ति प्रक्रियाका बारेमा राष्ट्रपति ट्रम्प र बोल्टनबीच कुरा नमिलेको जनाइएको छ । ट्रम्पले गएको शनिबार एक्कासी तालिबानसँगको वार्ता रद्ध भएको जनाएका थिए ।

तालिबानको आक्रमणमा केही दिनअघि १ जना अमेरिकी सेनासहित १२ जनाको मृत्यु भएपछि ट्रम्पले गएको शनिबार वार्ता रद्ध गरिएको जनाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu