Connect with us
Kapilvast Forest

‘तालिबानसँग वार्ताको औचित्य छैन’

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

trump

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले तालिबानसँग वार्ताको तत्काल सम्भावना नरहेको पनि बताएका छन्।

संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता सम्झौतानजिक पुगेका खबर दुबैतर्फबाट सार्वजनिक भइरहेका थिए। तर गत साता काबुलमा अमेरिकी दूतावासनजिकै भएको कार बम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि ट्रम्पले एकतर्फी रूपमा वार्ता रद्द गरेका थिए।

राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगान नेतासँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित गरेका थिए। कबुल आक्रमणपछि ट्रम्पले शनिबार ट्विटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिबान नेतासँग आइतबार हुने भनिएको गोप्य बैठक रद्द भएको घोषणा गरेका थिए।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ।
तालिबानीले वार्ताको टेबलमा फाइदा उठाउन खोजेको आरोप लगाउँदै यसको अमेरिकाले बदला लिने संकेतसमेत ट्रम्पले दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ।

हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगान सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गर्दै आएको छ। अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै वासिङ्टनले अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो। अफगानिस्तानमा अलकायदालाई आश्रय दिएको आरोप लगाउँदै अमेरिकाले तत्कालीन तालिबान सरकारलाई अपदस्थ गरेको थियो।

ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संलग्नता अन्त्य गर्न चाहेको छ। यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ। यो अवधिमा कतारको राजधानी दोहामा खलिलजाद र तालिबान नेतृत्वबीच नौ पटक शान्तिवार्ता भएको छ।

अमेरिका र तालिबानबीच हुने भनिएको प्रस्तावित सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रूपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो। अमेरिकासँग वार्तामा रहे पनि पछिल्लो समय तालिबान समूहले राजधानी काबुलसहित देशका प्रमुख सहरमा आक्रमणलाई तीब्र बनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu