Connect with us
Kapilvast Forest

बास्केटबल विश्वकपमा साविक विजेता अमेरिका लगातार पराजित

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । बास्केटबल विश्वकपमा साविक विजेता अमेरिकाले लगातार दोस्रो हार भोगेको छ ।

क्वाटरफाईनलमा फ्रान्ससँग पराजित भएको अमेरिकालाई पाँचौ स्थानका लागि भएको प्ले–अफ् खेलमा सर्वियाले ९४–८९ को स्कोरमा पराजित गर्‍यो ।

सन् २००६ देखि कुनैपनि खेल नहारेको अमेरिकाले पछिल्लो तिन दिनमा दुई हार व्यहोरेको हो ।

अमेरिकाले अब सातौं र आठौं स्थानको लागि हुने प्ले–अफ् खेलमा पोल्याण्डको सामना गर्नेछ ।हिजो भएको अर्को खेलमा चेक रिपब्लीकले पोल्याण्डलाई ९४–८४ ले हराएको थियो ।

बास्केटबल विश्वकपका सेमिफाइनल खेलहरु आज हुँदैछन् । सेमिफाइनलमा स्पेन र अष्ट्रेलिया तथा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu