Connect with us
Kapilvast Forest

एशियन साम्बोमा नेपाली खेलाडीलाई ५ पदक

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

२९ भदौ, काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी एशियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । तीन जनाले रजत र दुई खेलाडीले कास्यपदक जितेका हुन् ।

प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक हात पारे । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक जिते ।

प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि सुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको नेपाल साम्बो फेडेरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu