Connect with us
Kapilvast Forest

सेभिया स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थान

२०७६, ३० भाद्र सोमबारमा प्रकाशित

एजेन्सी । सेभिया स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियाले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो ।

सेभियाको कठिन जितमा जोन जोर्डनले ३७औं मिनेटमा गोल गरेका थिए । जितसँगै सेभियाले चार खेलबाट १० अंक बनाएको छ । पाँच अङ्क बनाएको अलाभेस ११औं स्थानमा छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डको नौ अंक छ तेस्रो र चौथो स्थानमा रहेका रियल म्याड्रि«ड र बिल्बाओको समान आठ अंक छ ।

अर्को खेलमा ग्रानाडाले सेल्टाभिगोलाई २–० गोलले हरायो । ग्रानाडाको जितमा जर्मन सान्चेजले ४५औं र एन्जल हरेराले ५४औं मिनेटमा गोल गरेका थिए । जितँगै सात अंक बनाएको ग्रान्डा छैटौं स्थानमा छ ।

सात नै अंक बनाएको साविक विजेता बार्सिलोना पाँचौं स्थानमा छ । चार अंक बनाएको सेल्टाभिगो १६औं स्थानमा छ । अन्य खेलमा स्पान्योलले इबरलाई २–१ गोलले हराएको छ ।

ओसासुना र रियल भालाडोलिड तथा गेटाफे र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu