Connect with us
Kapilvast Forest

भारतीय खेलाडीलाई हराउँदै ब्याडमिन्टनमा प्रिन्स दाहालले जिते स्वर्ण

२०७६, ३० भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले दुबई जुनियर इन्टरनेश्नल सिरिजमा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको यूथ नाइन्टिन पुरुष एकल स्पर्धामा भारतीय खेलाडी वरुण कपुरलाई हराउँदै प्रिन्सले स्वर्ण जितेका हुन् ।

प्रिन्सले विश्व वरियतामा नवौं स्थानमा रहेका कपुरलाई २१–१९ र २१–१९ को सोझो सेटमा हराए । कपुर यो स्पर्धाका साविक विजेता खेलाडी हुन् ।

क्वाटरफाईनलमा भारतकै अर्का खेलाडी रोहण गुर्बानीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा भने युएईकै खेलाडी बसन्त कुमार राजेन्द्रनलाई स्तब्ध पार्दै प्रिन्सले भारतका कपूरविरुद्धको फाइनल भिडन्त तय गरेका थिए ।फाइनलमा जित हात पार्दै प्रिन्सले आफ्नो लोभलाग्दो खेल करियरमा अर्को एउटा अन्तर्राष्ट्रिय उपाधि थपेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu